२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पूर्णिमाको हिमाल आरोहणमा नेपाल लाइफको सहकार्य


208
Shares

काठमाडौं । पर्वतारोही एवं फोटो पत्रकार पूर्णिमा श्रेष्ठ र नेपाल लाइफ इन्स्योरेन्सबीच हिमाल आरोहण सम्बन्धि संझौता भएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच संझौता पत्रमा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र आरोही श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

श्रेष्ठले विश्वको सर्वाेच्च शिखर सगरमाथा सहित ८ हजार मीटर भन्दा माथि उचाइमा रहेका ७ वटा हिमाल आरोहण गरिसकेकी छिन् । अब भने उनले निकट भविष्यमा बिना अक्सिजन मनास्लु हिमालको आरोहण गर्न लागेकी छिन् । यसै सन्दर्भमा श्रेष्ठको साहसिक कार्यको कदर गर्दै नेपाल लाइफ इन्स्योरेन्सले उनीसँग सहकार्य गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पराजुलीले श्रेष्ठको सफल आरोहणको कामना गरेका थिए । कम्पनीसँग सहयात्रा गर्न पाएकोमा आफूलाई हौसला मिलेको आरोही श्रेष्ठको भनाई थियो ।