
काठमाडौं । सन् २०२२ को मिस युनिभर्स नेपाल अपाधि जित्न सफल सोफिया भुजेलले आफूले देखेको सपना पूरा गर्न कर्म गर्नुपर्ने बताएकी छन् ।
ईमेज टेलिभिजनसँग कुराकानी गर्दै उनले यो कुरा बताएकी हुन् । भुजेलले भनिन् –‘मैले देखेको सपना पुरा गर्न मैले कर्म गरे सफल भए, तपाईहरू पनि कर्म गर्नुहोस् सफलता मिल्नेछ ’ । उनले आफ्नो करियरको सुरुवात सन् २०१९ को मिस नेपालबाट सुरु गरेकी थिइन् । त्यस प्रतिस्पर्धामा उनी उत्कृष्ट ७ सम्म पुग्न सफल भएकी थिइन् ।
उनका अनुसार अहिलेसम्म मिस युनिभर्सको उपाधि जितेका देशहरूमा त्यहाँको सरकारले सहयोग गरेको देखिन्छ । उनले भनेकी छन्, ‘म हाम्रो सरकारलाई यस च्यानलमार्फत हामीलाई र सुन्दरी प्रतियोगितालाई सहयोग गर्न अपिल गर्दछु । सरकारको सहयोग पाए भने यस्तो प्रतिस्पर्धाहरूमा सुनमा सुगन्ध थपिन्छ ।’ उनले भनेकी छन् ।
मिस नेपाल र मिस वल्र्डको उपाधि ठूलो हो भन्ने प्रश्नमा उनि भन्छिन्, ‘मिस वल्र्ड र मिस नेपालको उपाभि मात्रै महत्वपूर्ण छैन् । सुन्दरी प्रतियोगिताको कुनैपनि उपाधि उत्तिकै महत्वपूर्ण छ । सुन्दरी प्रतियोगीताका मिस अर्थ मिस इन्टरनेसनल उपाधि पनि महत्वपूर्ण छ । म मिस वल्र्ड र मिस नेपाल मात्रै ठूलो हो भन्ने कुरा मान्दिन् ।’
काठमाडौंमा हुर्किएकी र दार्जलिङमा पढेकी उनी मिस युनिभर्स बाहेक एक सफल उद्यमी बन्ने सोच राख्छिन् । १९ प्रतियोगीलाई पछि पर्दै सोफियाले मिस युनिभर्स नेपाल उपाधि जितेकी हुन् । मिस यूनिभर्स नेपालको विजेता बनेकी उनी अब मिस युनिभर्समा सहभागी हुने तयारीमा छिन् ।
आफू मिस युनिभर्सको उपाधिका लागि बनेको र उपाधि जितेर नेपालको नमा राख्नेमा उनी विश्वस्त छिन् ।
प्रतिक्रिया दिनुहोस्