१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुस्ताङको प्राकृतिक र सांस्कृतिक सम्पदाको उपयोग हुन सकेन : मुख्यमन्त्री पोखरेल


78
Shares

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मुस्ताङको प्राकृतिक र सांस्कृतिक सम्पदाको उपयोग हुन नसकेको बताउनुभएको छ ।

पोखरा पर्यटन परिषद्ले गरेको कार्यक्रममा उहाँले मुस्ताङलाई मुक्तिनाथ मन्दिरले मात्र चिन्ने गरिएको भन्दै त्यहाँका प्राकृतिक सम्पदा र संस्कृतिलाई बुझन जरुरी रहेको पनि बताउनुभयो । उहाँले मुस्ताङको कोरालादेखि नवलपुरको त्रिवेणीसम्मको सडक विस्तारको काम तीव्र गतिमा अगाडि बढाउन पहल गरीने पनि बताउनुभयभो ।

पर्यटन व्यवसायीहरुले पनि मुस्ताङको प्राकृतिक र सांस्कृतिक सम्पदाको उपयोग गर्नको लागि सरकारको ध्यानकर्षण गराएका छन् । उनीरुले प्राकृतिक र साँस्कृतिक सम्पदाको उपयोग हुन नसकेकोमा चिन्तासमेत व्यक्त गरेका छन् । पर्यटकीय सम्भावना भए पनि सरकारले प्रचारप्रसार नगरेको उनीहरुको आरोप छ ।

ओझेलमा परेका सम्पदा र यहाँका सम्भावनालाई अझै पनि उजागर गर्न नसकिएको उनीहरुको गुनासो छ । मुस्ताङदेखि पोखरा हुँदै त्रिवेणीसम्म सडक सञ्जालले जोड्दै यहाँको पर्यटन प्रवद्र्धन गर्नसके स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गर्न सकिने छ । गण्डकी प्रदेशकै गौरवको योजना कोराला नाकादेखि त्रिवेणीधामसम्मको सडक छिटो बनाउन सके यस क्षेत्रको विकास र आर्थिक उन्नति हुने उनीहरुले बताए ।

गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले उपल्लो मुस्ताङमा परापूर्वकालमा बनेका सम्पदा निकै महत्वपूर्ण रहेको बताउनुभयो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश पोखराका प्रमुख काशीराज भण्डारीले मुस्ताङ जिल्ला नै प्राकृतिक सम्पदाको खानी भएकाले यसको प्रचारप्रसारमा कमी रहेको बताउनुभयो । भारतीय पर्यटक मुक्तिनाथ दर्शका लागि त्यहाँ पुग्ने गर्छन् ।

मुस्ताङको स्याउ अत्यन्तै स्वादिलो रहेकाले यहाँ उत्पादित स्याउ विश्व बजारमा पु¥याउनुपर्नेमा जोड दिइएको छ ।