१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपालमा पनि आयो सामसङ ग्यालेक्सी ए १३ स्मार्टफोन


1.014k
Shares

काठमाडौं । सामसङ ‘ए’ सिरिज अन्तर्गत सामसङ ग्यालेक्सी ए १३ स्मार्टफोन नेपालमा पनि लन्च गरिएको छ ।

विश्व बजारमा रुचाइएको यो फोनलाई नेपाली प्रयोगकर्ता माझ पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ । ग्यालेक्सी ए १३ सामसङले कायम राखेको उच्च गुणस्तर र अत्याधुनिक प्रविधिको दायरामा बनेको कम्पनीको दाबी छ । यो सामसङको ए सिरिज पोर्टफोलियोमा सबैभन्दा किफायती फोन रहेको पनि सामसङले जनाएको छ ।

क्वाड क्यामेरा सेटअप, लामो समयसम्म चल्ने ब्याट्री, ठूलो स्क्रिन र विस्तारित स्टोरेजको सुविधा भएको यो फोन निकै उपयोगी रहेको कम्पनीको भनाई छ । खासगरी नेपाली युवाहरुलाई यो फोन निकै उपयोगी हुने पनि सामसङले जनाएको छ ।
सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले यो फोनले सामसङको पोर्टफोलियोमा उत्कृष्टता थपेको बताउनुभयो । उहाँले यो यन्त्र युवा सिर्जनाकर्ताहरूका लागि एकदमै उपयुक्त भएको पनि दाबी गर्नुभयो ।

यो फोनको २१ हजार ४९९ रुपैयाँबाट सुरु हुने मूल्यमा युवाहरुले खोज्ने धेरैजसो सुविधाहरु रहेका पनि कम्पनीले जनाएको छ ।