२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


लुम्बिनी प्राविधिक विश्वविद्यालय छिट्टै सञ्चालनमा आउँछ : मुख्यमन्त्री केसी


39
Shares

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्राविधिक विश्वविद्यालय छिट्टै सञ्चालनमा आउने बताउनुभएको छ ।

नेपालगञ्जमा लुम्बिनी प्राविधिक विश्वविद्यालयको उद्घाटन गर्दै उहाँले खजुरामा भवन मर्मत नहुँदासम्म डिभिजन वन कार्यालय परिसर नेपालगञ्जमा अल्पकालका लागि विश्वविद्यालय कार्यालय खुलेको बताउनुभयो । खजुरामा नै कार्यालय उद्घाटन गर्ने भए पनि भवन मर्मत गर्न समय लागेपछि नेपालगञ्जमा कार्यालय खोल्नुपरेको उहाँको भनाइ छ ।

उहाँले यो भवन छोटो समयका लागि मात्र भएको पनि बताउनुभयो । उहाँले छिट्टै खजुराबाटै प्रशासनिक कार्यालय कार्यान्वयनमा आउने आश्वासन दिनुभयो । खजुरामा जनक शिक्षा सामग्री केन्द्रले छापाखाना सञ्चालनका लागि बनाएको भवनलाई लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय राख्ने तयारी गरीएको थियो । भवन मर्मत गर्न समय लाग्ने भएपछि नेपालगञ्जस्थित डिभिजन वन कार्यालय परिसरमा नवनिर्मित भवनमा विश्वविद्यालय उद्घाटन गरिएको हो ।

मुख्यमन्त्री केसीले बाँकेको खजुरामा प्रदेश प्राविधिक विश्वविद्यालयका लागि प्रस्ताव गरिएको जग्गाको स्थलगत अवलोकनसमेत गर्नु भएको थियो ।