१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सुकुम्वासीलाई लालपूर्जा वितरण


143
Shares

पोखरा । कास्कीको पोखरामा ३९ घर परिवार भूमिहीन सुकुम्वासीलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा वितरण गरिएको छ ।

पोखरा महानगरपालिका १४, १९, २८ र ३१ का गरेर ३९ वडामा भूमिहीन सुकुम्वासीलाई लालपूर्जा वितरण गरिएको हो । जग्गाधनी दर्ता प्रमाणपत्र पूर्जा वितरण गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले अलिहेको सरकारले राष्ट्रिय भूमि आयोगमार्फत वितरण भइरहेको लालपूर्जा खारेज नहुनेमा ढुक्क हुन आग्रह गर्नुभयो ।

उहाँले कानुनी प्रक्रिया पूरा गरेर भूमिहिन सकुम्वासीलाई लालपूर्जा वितरण गरिएको र यो अभियान निरन्तर जारी रहने पनि बताउनुभयो ।