२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


काबुलमा बम विस्फोट हुँदा २० जनाको मृत्य


104
Shares

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा बम बिस्फोट हुँदा २० जनाको मृत्यु भएको छ ।

काबुलमा रहेको रुसी दूतावास नजिक भएको विस्फोटमा केही घाइते भएका छन् । घटनामा मारिनेमा दुई जना दलका नेता पनि रहेका छन् । घटनामा थुप्रै सवारी साधनमा क्षति पुगेको छ भने रुसी दूतावासका सिसाहरु फुटेका छन् । घटनापछि सो क्षेत्रलाई सिल गरी अनुसन्धान थालिएको छ ।

यसअघि गत अगस्टमा हेरात प्रान्तस्थित मस्जिदमा भएको बिस्फोटमा १८ जनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका थिए । अफगानिस्तानमा पछिल्लो समय आतंकवादी घटना तीव्र रुपमा बढेको छ ।