
सुनसरी । आगामी मंसिर ४ गते हुन प्रतिनिधि सभा निर्वाचनमा एमालेको तर्फबाट सुनसरी क्षेत्र नम्बर १ बाट जयकुमार राईको एकल नाम सिफारिस भएको छ ।
सोमबार नेकपा एमाले संघीय निर्वाचन समन्वय समितिको बैठकले जयकुमार राईको एकल नाम सिफारिस गरेको हो । सुनसरी १ बाट निर्वाचन लड्न इच्छा राखेका प्रदेश १ का पुर्ब मुख्यमन्त्री भीम आचार्य भने सिफारिस चरणबाटै आउट भएका छन । यस अगाडीको २०७४ को निर्वाचनमा जसपाका संघीय परिषद अध्यक्ष अशोक राईलाई २२ हजार मत अन्तरले पराजित गरेका राईलाइ पुन प्रतिनिधि सभा सदस्यमा निर्वाचनमा उठनका लागि एकल नाम सिफरिस गरिए पछि उनको टिकट निश्चित झै भएको छ ।
सोमबार बसेको बैठकमा धेरै साथीहरूले उम्मेदवार लड्ने इच्छा व्यक्त गरे पनि चुनाउ जित्न जयकुमार लाई उठाउदा सहज ठानेर एकल नाम सिफारिस गरिएको एमाले धरानका इन्चार्ज नारायण सुवेदीले जानकारी दिएका छन ।
एकल नाम सिफारिस भए पछि बर्तमान प्रतिनिधि सभा सदस्य समेत रहेका राईलले पुन यस क्षेत्रका जनताले आफुलाइ निर्वाचित गराउने बताए । सत्ता साझेदार दलको तर्फबाट भने जसपाका नेता अशोक राई र कांग्रेस केन्द्रीय सदस्य मीन बिक मध्ये एकजना संग जयकुमारको चुनावी प्रतिस्पर्धा हुने छ ।
त्यस्तै सुनसरी १ (क) प्रदेस सभा सदस्य तर्फ रमेश बस्नेत, नारायण सुवेदी, डम्बर गुरुङ, बेणु काफ्ले, राम आम्बुहाङ र मोति सुनुवारको नाम सिफारिस गरिएको छ । प्रदेस सभा (ख) को लागि एमालेले बिजय राई, प्रकाश राई, नन्द बस्नेत, गोबिन्द कार्की, योग्यराज खडका,भेषराज कार्की र मीन सुब्बाको नाम ऐफरिस गरिएको एमालेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्