१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अर्घाखाँचीबाट एमाले सचिव रायमाझीको एकल नाम सिफारिस


533
Shares

अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीले मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी केन्द्रीय कमिटी सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई सर्वसम्मत उम्मेदवारमा नाम सिफारिस गरेको छ ।

प्रतिनिधि सभा तर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा रायमाझीलाई पार्टीको चौथो पुर्ण बैठकबाट नाम सिफारिस गरिएको नेकपा एमाले अर्घाखाँचीले जनाएको छ । प्रदेश तर्फ दुई क्षेत्र रहेकोमा (क)मा पार्टी केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज चेतनारायण आचार्य र (ख) मा पार्टी लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य रामजी प्रसाद घिमिरे सर्वसम्मत उम्मेदवार हुनुभएको हो। आचार्य र घिमिरे यसअघि पनि सोही क्षेत्रबाट प्रदेश सांसद हुनुभएको हो ।

२०७४ सालको निर्वाचनमा नेकपा एमाले , नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धनबाट जिल्लामा प्रतिनिधि सभामा पुर्व माओवादी केन्द्रबाट टोपबहादुर रायमाझी विजयी हुनुभएको थियो । प्रदेश तर्फ नेकपा एमालेबाट आचार्य र घिमिरे विजयी हुनुभएको थियो ।