
काठमाडौं । क्यानाडामा चक्कु प्रहार गरी १० जनाको हत्या गर्ने अभियुक्त मध्ये १ जना मृत अवस्थामा फेला परेका छन् ।
३१ वर्षीय डेमियन स्यान्डरसन क्यानाडाको जेम्स स्मीथ शहरका मृत अवस्थामा फेला परेका हुन् । अर्का अभियुक्त ३० वर्षीय माइल्स स्यान्डरसनको भने खोजी कार्य जारी भरहेकाे जनाइएकाे छ । साेमबार क्यानाडाको छुट्टाछुट्टै स्थानमा भएको चक्कु प्रहारमा १० जनाको मृत्यु भएको थियो ।
साेही घटनामा १५ जना घाइते भएका थिए । क्यानाडाको जेम्स स्मिथ क्री नेशन र वेल्डन गाउँमा गरिएको चक्कु प्रहारमा १० जनाकाे मृत्यु भएकाे थियाे । साेही घटनामा संलग्न भएको आशंकामा प्रहरीले २ जनाको तस्बिर सार्वजनिक गरेको थियो ।
जसमा ३१ वर्षीय डेमियन स्यान्डरसन र ३० वर्षीय माइल्स स्यान्डरसन रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्