१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अपांगता भएका व्यक्तिका लागि राष्ट्रिय नीति बनाउने सरकारकाे तयारी


156
Shares

काठमाडौं । सरकारले अपाङ्गता भएका व्यक्तिका लागि राष्ट्रिय नीति बनाउने तयारी गरेको छ ।

अतुल्य फाउण्डेशनले आज (मंगलबार) ललितपुरमा आयाेजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव डिल्लीराम शर्माले यस्ताे बताउनुभएकाे हाे । उहाँले मन्त्रालयले अपाङ्गता भएको व्यक्तिको राष्ट्रिय नीति बनाउने तयारी थालेको र राष्ट्रिय नीतिको विषयमा एक चरणमा छलफल चलिरहेको पनि बताउनुभयो । उहाँले समावेशी विपद जोखिम न्यूनिकरण सम्बन्धी दुई दिने कार्यशाला गोष्ठिबाट निस्किएको निस्कर्षलाई पनि समेटेर राष्ट्रिय नीतिमा समावेश गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सचिव शर्माले विपद्जन्य जोखिमको समस्यामा सबै भन्दा बढी अपाङ्गता भएका व्यक्ति पर्ने गरेको उल्लेख गर्दै उनीहरुलाई लक्षित गरेर नीति बनाउन लागेको बताउनुभयो । उहाँले राष्ट्रिय, अन्तर्राष्ट्रिय संघसंस्थासँग विकासको क्षेत्रमा समन्वय, सहकार्य गरी आगामी दिनमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिको हक, अधिकारको कार्यान्वयन र असल जीवन प्रणालीको विकासका लागि सहकार्य गर्ने बताउनुभयो ।

साेही कार्यक्रममा अपाङ्गता समावेशी विपद जोखिम न्यूनिकरण सम्बन्धी जानकारी मूलक हाते पुस्तिका पनि विमोचन भएको छ। पुस्तकमा नेपाली, अंग्रेजी र बेल संस्करणमा विमोचन भएको हो । पुस्तक विमोचनपछि अतुल्य फाण्डेशनका अध्यक्ष पल्लभ पन्तले सरकारले अपनत्व ग्रहण गरेर स्वामित्व लिएकोमा खुशी प्रकट गर्नुभयो