
एजेन्सी । भारतीय पारिवारिक चलचित्र ‘गुडबाइ’ को ट्रेलर सार्वजनिक भएको छ ।
अमिताभ बच्चन, नीना गुप्ता र रश्मिका मन्डन्ना अभिनित फिल्म गुडबायको बहुप्रतिक्षित ट्रेलर सार्वजनिक भएको हो ।सामाजिक सञ्जालमा ट्रेलरले राम्रो प्रतिक्रिया पाइरहेको छ । यसको कथा सुन्दर र मन छुने रहेको भारतीय संचार माध्यमले जनाएका छन् । अमिताभ बच्चनले रश्मिका मन्डन्नाको बुवाको भूमिका निभाएका छन् । रश्मिका ‘गुडबाइ’ बाट बलिउडमा डेब्यू गर्दैछिन् । फिल्म आगामी अक्टोबर ७ मा सिनेमाघरमा रिलिज हुँदैछ ।
यो फिल्म उत्तर र दक्षिण भारतका दर्शकका लागि पनि विशेष रहेको जनाइएको छ । किनभने गुडबाइबाट दक्षिण भारतीय अभिनेत्री रश्मिकाले बलिउडमा डेब्यू गर्दैछिन् । फिल्ममा पारिवारिक सम्बन्ध देखाइएको छ । फिल्मको कथामा भावना, कमेडी र ड्रामा सबै कुरा छन्। ट्रेलरमा रश्मिका र अमिताभ बीचको नोकझोंक हेर्नै पर्ने रहेको छ । कमेडियन सुनिल ग्रोवर पनि यो फिल्मको दृश्यमा छन् । उनी थोरै दृश्यहरूमा देखिएका भएपनि प्रस्तुती उत्कृष्ट छ । चलचित्रको कथामा नयाँपन रहेकोले बक्स अफिसमा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । आमा (नीना गुप्ता) को मृत्यु पछि उनको अन्त्येष्टिप्रति परिवारका सदस्य श्यापेको विभिन्न दृष्टिकोण र तरिका देखाउँदै यो चलचित्रले परिवारको महत्व पनि दर्शाएको छ । अमिताभले रश्मिकाको बुवाको भूमिका निभाएका छन् । नीना आमाको भूमिकामा छिन् । फिल्ममा पावेल गुलाटी, अभिषेक खान, साहिल मेहता, पायल थापा लगायतले अभिनय गरेका छन् ।
चलचित्रको ट्रेलर हेरेपछि भारतीय दर्शकहरु उत्साहित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्