
काठमाडौं । देशभर ७७ मध्ये ७२ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । २०६८ पुसयता हालसम्म देशभर ६ हजार २ सय ७ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
डेंगु संक्रमण बढ्दै गएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहकार्यमा उपत्यकामा ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान चलाइएको छ ।
महाशाखाको पछिल्लो तथ्यांकअनुसार देशभर डेंगुबाट संक्रमित तीन जनाको मृत्यु भएको छ । यद्यपि, स्वास्थ्य मन्त्रालयका अधिकारीले भने ‘ठोस तथ्यांक’ अझै आइनसकेको बताएका छन् ।
हालसम्म बाग्मती, लुम्बिनी र प्रदेश १ मा डेंगु संक्रमण सबैभन्दा बढी देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुर बताउँछन् ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्