१ बैशाख २०८२, सोमबार | Tue Apr 15 2025


पाकिस्तानको सबै भन्दा ठूलो मन्छार ताल विष्फोट हुने जोखिममा

तालको पानीलाई निकास दिने प्रयास भने जारी

3.276k
Shares

काठमाडौं । पाकिस्तानको सबै भन्दा ठूलो तालको पानीको स्तर घटाउने अन्तिम प्रयास असफल भएपछि स्थानीय अधिकारीहरूले यसको किनाराहरू फुट्नबाट रोक्न संघर्ष गरिरहेका छन् ।

भीषण मनसुनी वर्षाको कारण पाकिस्तानको एक तिहाई भू-भाग डुबानमा पर्ने गरी बाढी आएपछि सिन्ध प्रान्तको मन्छार ताल भरिएको थियो । हालसम्म तालको किनारमा ३ वटा प्वाल देखिएका छन् । सम्भावित खतराबाट जोगाउन आसपासका १ लाख मानिसलाई अन्यत्र सुरक्षित स्थानमा सारिएको छ ।

ताल विष्फोट हुने खतरा कायमै रहेकाले उद्धार टोलीहरूले सम्भावित डुबान क्षेत्रबाट मानिसहरूलाई अन्यत्र लग्ने काम गरिरहेका छन् । राष्ट्रिय विपत्ति व्यवस्थापन निकायका अनुसार पाकिस्तानमा ३ करोड ३० लाख मानिस बाढीबाट प्रभावित भएका छन् । करिब १ हजार ३ सय १४ जनाले ज्यान गुमाएका छन् । बाढीको कारण १० अर्ब अमेरिकी डलर बराबरको क्षति भएको अनुमान गरिएको छ ।

सिन्ध प्रान्तले पाकिस्तानको लागि ५० प्रतिशत खाद्यान्न उत्पादन गर्दै आएको छ ।