
काठमाडौं । आज बुधबार १९ औं निजामती सेवा दिवस । ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका कर्मचारीहरुले यो दिवस मनाउँदै छन् ।
२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर निजामती सेवा दिवस मनाउन थालिएको हो ।
अहिले बिहान सिंहदरबार परिसरमा आयोजना गरिएको विशेष कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्दै हुनुहुन्छ ।
कार्यक्रममा निजामती सेवाका उत्कृष्ट कर्मचारीहरुलाई सम्मान पनि गरिँदै छ । तर यो वर्ष उत्कृष्ट कर्मचारी भने छनौट गरिएको छैन ।
उत्कृष्ट निजामति पुरस्कारबाट पदम कुमार श्रेष्ठ, दीपक प्रसाद खतिवडा, हरि प्रसाद ज्ञवाली, मुना शर्मा, प्रकाशराज पौडेल, शोभाखर रेग्मी, सन्तोष पौडेल, सचिन्द्र कुमार यादव, रुकु शर्मा पौडेल र महंगु लोधलगायत ३० जनालाई सम्मान गरिँदै छ ।
यस्तै, निजामति सेवा दिवसको अवसरमा जिल्ला तथा स्थानीय तहहरुमा रक्तदान, वृक्षरोपण, अतिरिक्त क्रियाकलाप लगायतका कार्यक्रमहरु आयोजना गरिएका छन् ।
प्रतिक्रिया दिनुहोस्