
फाइल तस्विर
काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक आज बुधबार पनि बस्ने भएकाे छ ।
बैठक बुधबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएकाे हाे । बुधबारको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाका लागि गठबन्धनका दलहरुमा सिट बाँडफाँटको अन्तिम टुंगो लगाउने सत्ता गठबन्धनका एक नेताले बताए ।
बुधबार बस्ने बैठकले प्रतिवेदन बनाएर शीर्षस्थ दलमा बुझाउने तयारी भएकाे छ । एक महिनादेखि जारी छलफलले सिट र क्षेत्र बाँडफाँट टुंगो लाग्न सकेको छैन् । गठबन्धनका नेताहरुले सहमति नजिक पुगेको दावी गरेपनि सबै बाँडफाँट टुंगिएको छैन् ।
प्रतिक्रिया दिनुहोस्