
काठमाडौं । काठमाडौं महानगरपालिकाले सरकारी र गैर सरकारी गरी १७ वटा संस्थालाई कर बुझाउन दश दिने अल्टिमेटम दिएको छ ।
महानगरपालिकाको राजस्व विभागले मंगलबार ती संस्थालाई पत्र लेख्दै कर सम्पति कर बुझाउन अल्टिमेटम दिएको हो ।
यसरी ताकेता गरिएका संस्थाहरुमा खाद्य संस्थान, नयाँबजारको हाइट फिल स्कूल, नयाँ सडकको रञ्जना ट्रेड सेन्टर, साझा भण्डार, राष्ट्रिय नाचघर, नेपाल चेम्बर अफ कमर्स, कर्मचारी सञ्चय कोष, नेपाल विद्युत प्राधिकरण र नेसनल ट्रेडिङ लिमिटेड रहेका छन् ।
यस्तै, बागबजारको नेपाली जामे मस्जिद, टेकुको कृषि सामग्री संस्थान, मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, नयाँ सडकको आरबि कम्प्लेक्स, पुतलीसडकको काठमाडौं प्लाजा, पुतलीसडककै नेपाल सेयर मार्केट, सामाखुशीको सिविक हस्पिटल तथा डेन्टल कलेजलाई पनि महानगरले दश दिनभित्र कर चुक्ता गर्न भनेको हो ।
सम्पत्ति कर नबुझाएको भन्दै महानगरले पटक पटक ताकेता गर्दा पनि कर नबुझाएपछि पत्र काटेर अल्टिमेटम दिएको राजस्व विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्