१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्न आवश्यक: उपप्रमुख डंगोल


1.066k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगाेलले इन्द्रजात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बुधबार इन्द्रध्वजोत्थानसहित विधिवत इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा सहभागी हुनुभएकी उहाँले यस्तो बताउनुभएको हो। उपप्रमुख डंगोलले इन्द्रजात्रा विविधताले युक्त भएको उल्लेख गर्दै इन्द्रजात्रा देशभरको नै पर्व भएको बताउनुभयो । उहाँले इन्द्रजात्राका लागि भगिनी सम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकाहरुलाई बोलाइसकेको उल्लेख गर्दै बिहिबार अतिथिहरु आउने क्रम जारी रहने बताउनुभयो ।

उहाँले कोरोना संक्रमण पुनः बढ्न थालेकोले महानगरले बोलाएका पाहुनाहरुमा कमी हुनसक्ने पनि बताउनुभयो। उहाँले बोलाइएका पाहुनाहरु र देशबासीहरुसँग मिलेर महानगर इन्द्रजात्रा सम्पन्न गर्न सक्षम रहेको पनि बताउनुभयो ।इन्द्रध्वजोत्थनमा सहभागी स्थानीयहरुले यस वर्ष पर्यटकलाई जात्रा हेर्न सहजीकरण हुने बताका छन् ।

उनीहरुका अनुसार इन्द्रजात्रामा इन्द्रजात्राका महत्वहरु उजागर गर्ने योजना रहेको पनि बताएका हुन् ।