१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संस्कृतिको संरक्षणका लागि दिइने रकम बढाउन आवश्यक: मन्त्री श्रेष्ठ


182
Shares

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले संस्कृतिको संरक्षणका लागि दिइने रकम समयानुकुल बढाउँदै लैजान आवश्यक रहेको बताउनुभएको छ ।

बुधबार इन्द्रध्वजोत्थानसहित विधिवत इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा सहभागी हुनुभएका मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले इन्द्रजात्रा सांस्कृतिक महत्वले भरिपूर्ण भएकोले यसको छुट्टै महत्व र पहिचान रहेको उल्लेख गर्नुभयो । मन्त्री श्रेष्ठले सांस्कृतिक महत्व बोकेका पर्वहरुलाई समयसापेक्ष बनाइ उनीहरुको जगेर्नाका लागि समर्थन र सहयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँले पर्व सञ्चालनको व्यवस्थालाई पनि समयसापेक्ष परिमार्जन गरेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो । उहाँले सांस्कृतिक पर्व पैसाले मात्रै बच्ने नभएकोले सबैको संलग्नता र सहयोगको आवश्यक भएको बताउनुभयो ।

मन्त्री श्रेष्ठले सांस्कृति पर्वहरुलाई जोगाइराख्न त्यसमा सम्बद्ध गुठीहरुलाई पनि संरक्षण गर्नुपर्ने भन्दै गुठीहरुको खर्चलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा जोड दिन आवश्यक रहेको पनि बताउनुभयो ।