८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


घट्यो सुनचाँदीको मूल्य


34.359k
Shares

काठमाडौं । साताको चौथो दिन आज बुधबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार एक हजारले घटेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य बुधबार १५ रुपैयाँले घटेर १ हजार १ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।