
काठमाडौं । दक्षिणी भियतनामको राजधानी हो ची मिन्ह नजिकैको कराओके कम्प्लेक्समा भीषण आगलागी हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।
आगलागिमा परेर ४० जना घाइते भएका छन् । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये ११ जना गम्भीर रहेको बताइएको छ । मंगलबार राति व्यापारिक भवनको माथिल्लो तल्लामा आगलागी भएको थियो । करिब एक घण्टामा आगो नियन्त्रणमा लिइएको जनाइएको छ ।
आगलागीको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् । २९ कोठासहितको उक्त भवनको करिब एक तिहाइ भागमा क्षति पुगेको छ । गत महिना पनि राजधानी हनोइको कराओके स्थलमा लागेको आगो निभाउने प्रयास गर्दा तीन अग्नि नियन्त्रकको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्