१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


माछापुच्छ्रे बैंक र फुडमाण्डुबीच व्यवसायिक सम्झौता


26
Shares

काठमाडौं । माछापुच्छ्रे बैंक र फुडमाण्डुबीच व्यवसायिक सहकार्य गर्ने सम्झौताभएको छ ।

सम्झौता अनुसार माछापुच्छ्रे बैंक फुडमाण्डु प्रा.लि. को आधिकारीक बैंकिङ्ग पार्टनर हुनेछ । फुडमाण्डुको तर्फबाट अध्यक्षश्री मनोहर अधिकारी तथा माछापुच्छ्रे बैंकको तर्फबाट चिफबिजनेश अफिसर श्री टिका भट्टराईले, बैंककाचिफ डिजिटल बैंकिङ्ग अफिसर माधव सुवेदीको उपस्थितिमा हस्ताक्षर गर्नुभयो ।

साथै माछापुच्छ्रे बैंकका ग्राहकहरूले फुडमाण्डुमा आवद्ध भएका विभिन्न होटल तथा रेष्टुरेन्ट मार्फत खाना अर्डर गरी अनलाईनमार्फत बैंकको क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा दैनिक २०% (बढिमा रु.३००) सम्मको क्यास ब्याक पाउन सक्नेछन् । बैंकले आउदै गरेको दशैं तिहार एवं छठ पर्वको अवसरलाई मध्येनजर राखि ३ महिनाको लागि उक्त क्यास ब्याक योजना प्रदान गर्ने जनाएको छ ।

बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यवसायिक सम्झौता गरी आफ्ना ग्राहकहरुलाई आर्कषक छुट प्रदानगर्दै आएको छ । माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ९ एक्सटेन्सन काउन्टर, १६७ शाखारहित बैंकिङ्ग सेवा तथा २०७ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहक महानुभावहरुलाई अत्याधुनिक सेवाप्रदान गर्दै आइरहेको छ ।