२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


दक्षिण कोरियामा यस वर्षकै शक्तिशाली आँधी, ७ जनाको मृत्यु


286
Shares

काठमाडौं । दक्षिण कोरियामा आएको आँधीमा कारण ७ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भूमिगत पार्किङमा रहेका नागरिक रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आँधीमा परेका २ जनाको जिवितै उद्धार गरिएको छ ।

दक्षिण कोरियामा भारी वर्षाका साथ आएको हिनामनोर आँधीका कारण जनजीवन प्रभावित भएको छ । हजारौं मानिस बिस्थापित भएका छन् ।

दक्षिण कोरियामा आएको यो आँधी यस वर्षकै शक्तिशाली आँधी हो ।