२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


सिन्धुलीमा नदी कटान कायमै


91
Shares

सिन्धुली । सिन्धुलीको महाभारत र चुरे पहाडमा परेको अविरल वर्षाका कारण कमला, मरिण र चदाहा नदीमा आएकोे बाढीले त्यस क्षेत्रका सयौं हेक्टर उर्वर खेतीयोग्य जमिन बगाएर बगर बनाएको छ ।

केहीदिन यताको अविरल वर्षाका कारण कमला, मरिण नदीमा आएको बाढीले कमलामाई नगरपालिका र मरिण गाउँपालिकाको विभिन्न क्षेत्रमा १ सय ४ हेक्टर खेतीयोग्य जमिन कटान गरेर बगाएको छ ।

गतवर्ष कमला नदीमा आएको बाढीले कमलाखोच क्षेत्रका २९ हेक्टर खेतीयोग्य जमिन कटान गरेको थियो भने यस वर्ष ३५ हेक्टर जमिन कटान गरिसकेको छ ।

लामो समयदेखि कमला नदीमा आएको बाढीले खेतीयोग्य जमिन कटान हुँदा कृषि उत्पादनमा समेत कमी आउन थालेकोे स्थानीयको भनाइ छ ।