
एजेन्सी । भारतीय अभिनेता अजय देवगन अभिनित चलचित्र ‘थ्याङ्क गड’बाट फर्स्ट लुक सार्वजनिक भएको छ ।
चलचित्रको फर्स्ट लुक सँगै चलचित्रको ट्रेलर मिति पनि सार्वजनिक भएको छ । अजयले आफ्नो सामाजिक सञ्जाल ट्वीटर मार्फत आगामी चलचित्र ‘थ्याङ्क गड’ मा आफ्नो फर्स्ट लुक सार्वजनिक गरेका छन् । अजयले सार्वजनिक गरेको पोस्टरमा उनी सिंहासनमा बसेको देखिन्छ । यससँगै उनले चलचित्रकोे ट्रेलरको सार्वजनिक हुने मिति पनि घोषणा गरेका छन् ।
चलचित्र ‘थ्याङ्क गॉड’ को ट्रेलर आगामी सेप्टेम्बर ९ मा रिलिज हुँदैछ भने २४ अक्टोबर मा उक्त चलचित्र प्रदर्शन हुने निर्माण टिमले जानकारी दिएको छ । अजय देवगन, सिद्धार्थ मल्होत्रा र रकुल प्रीत सिंहको चलचित्रमा मुख्य भूमिका रहेको छ ।
इन्द्र कुमार द्वारा निर्देशित यस चलचित्रमामा अजय देवगन र सिद्धार्थ मल्होत्रा पहिलो पटक सँगै स्क्रिन सेयर गर्दै देखिनेछन्। अर्कोतर्फ अजय देवगन र रकुल प्रीत सिंह तेस्रो पटक सँगै काम गर्दैछन् ।
प्रतिक्रिया दिनुहोस्