१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अवैध रुपमा उत्खननमा प्रयोग भएका ४ ट्रयाक्टर नियन्त्रणमा


13
Shares

मोरङ । अवैध रुपमा उत्खननमा प्रयोग भएका ४ ट्रयाक्टरलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ ।

प्रहरीले मोरङको लेटाङ नगरपालिका वडा नं.–३ चिसाङ खोलामा अवैध रुपमा नदिजन्य पदार्थ ढुङ्गा, गिटी बालुवा उत्खनन् गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले ट्रयाक्टरलाई नियन्त्रणमा लिएको हो ।

ट्रयाक्टरहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि लेटाङ नगरपालिकाको कार्यालयमा बुझाइएको इलाका प्रहरी कार्यालय, लेटाङले जनाएको छ ।