१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


खडेरीको समस्याबारे मन्त्रीको ध्यानाकर्षण


13
Shares

काठमाडौं ।  युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले आफ्नो निर्वाचन क्षेत्रमा देखिएको समस्याको बारेमा उर्जा मन्त्री पम्फा भुसालसँग छलफल गर्नुभएको छ ।

बाँके क्षेत्र नं. १ को नरैनापुरमा देखिएको खडेरीको समस्याका बारेमा मन्त्री गहतराजले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालसँग भेटेर छलफल गर्नुभएको हो । लामो समयदेखिको खडेरीका कारण नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा गरिएको जानकारी गराउँदै मन्त्री गहतराजले त्यस क्षेत्रमा तत्काल डिप बोरिङको व्यवस्था गरिदिन उर्जा मन्त्री भुसालसँग माग गरिएको छ ।

सुख्खा क्षेत्र घोषणा भएको नरैनापुरका नागरिकहरुलाई भोकमरीबाट बचाउन तत्काल आवश्यक पहल गर्नुपर्नेमा जोड दिदैं मन्त्री गहतराजले तत्कालका लागि डिप बोरिङ र दीर्घकालीन रुपमा सिक्टा सिचाइ आयोजना मार्फत नरैनापुरका कृषकहरुलाई सिँचाइको ब्यवस्था गर्नेतर्फ उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले विशेष पहल गर्नुपर्ने जोड दिइएको छ ।

जवाफमा उर्जा मन्त्री भुसालले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।