
काठमाडौं । सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै माध्यमिक विद्यालय शिक्षक युनियन नेपालले आन्दोलन गर्ने चेतावनी दिएको छ ।
बिहीबार काठमाडौमा पत्रकार सम्मेलन गरी माध्यमिक विद्यालय शिक्षक युनियन हिस्टुन नेपालले भदौ २६ गतेदेखि आन्दोलन गर्ने चेतावनी दिएको हो । देशको शैक्षिक संरचनालाई अन्तर्राष्ट्रिय परिवेश अनुकुल बनाउन नसकेको, शिक्षक दरबन्दी र व्यवस्थापनको बाटोमा सरकारले ध्यान दिन नसकेको, स्थायी शिक्षकको व्यवस्था गर्न नसकेको हिस्टुनकी वरिष्ठ उपाध्यक्ष कल्पना पनेरुले बताउनुभयो ।
उहाँले उच्च माध्यमिक तहमा लामो समय सेवा गरी उमेरका कारणले अनिवार्य अवकासमा जाने शिक्षकलाई विशेष सुविधाको व्यवस्था गर्न, प्राविधिक विद्यालयमा कार्यरत शिक्षकलाई दरबन्दी सृजना गरी स्थायी गर्न, उच्च माध्यमिक तहमा अनुदानमा कार्यरत शिक्षलाई स्थाथनीय भक्ताको व्यवस्था गर्न पनि सरकारसँग माग गर्नुभयो ।
त्यसैगरी सामुदायिक उच्च माध्यमिक तहमा कार्यरत विद्यालय कर्मचारीलाई आन्तरिक प्रकृयाबाट स्थायी गर्न, निवृत्तिभरण वा उपदान प्रयोजनका लागिसमेत विद्यालयको अभिलेख अनुसार समय गणना गर्नु पर्ने लगायतका १६ सुत्रीय माग राखेका छन् ।
शान्तिपूर्ण राखिएका माग सम्बोधन नभए भदौ २८ गते देशभरका शिक्षकहरुले हातमा कालोपट्टी बाँधेर अध्यापन गर्ने, ३० गते कलम बन्द गर्ने र त्यसपछि देशभरका शिक्षकको सम्मेलन गरी आन्दोलन गर्ने हिस्टुनका अध्यक्ष दिपकराज सुवेदीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्