७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


नेपाल टी–२० लिगका थप दुई टोली टुंगो लाग्यो


1.235k
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा काठमाडौंमा हुने नेपाल टि–२० लिगका थप दुई टोली घोषणा भएका छन् ।

क्यानले बिहीबार पत्रकार सम्मेलन गर्दै पोखरा एभेन्चर्स र फार वेस्टर्न युनाइटेडको नाम सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको टोलीमा पोखरा एभेन्चर्सको अध्यक्षमा पोस्टराज ज्ञवाली, निर्देशकमा सुवोध त्रिपाठी र सिइओमा अतिशा ज्ञवाली रहेका छन् । यता फार वेस्टर्न युनाइटेडको भने इङ्ल्याण्डको एस आर स्पोट्र्स एण्ड भेन्चर्स, चार्टर एकाउण्टेण्ट रुपिन्दर बग्गा रहेकी छिन् ।

कार्यक्रममा दुवै टोलीका मालिकले खेलकुद र नेपाली क्रिकेटमा योगदान दिन चाहेको बताए । निर्देशक सुवोधले नेपालमा आयोजना हुन लागेको प्रतियोगिताबाट पर्यटनमा पनि फाइदा पुग्ने बताए । यसअघि कान्तिपुर क्यापिटल, जनकपुर रोयल्स, विराटनगर सुपरकिंग्स र लुम्बिनी अल स्टार्सको नाम सार्वजनिक गरेको थियो ।

योसँगै नेपाल टि २० लिग खेल्ने सबै ६ फ्रेन्चाइज टोलीको नै घोषणा भएको छ । नेपाल टि–२० लिग आगमी असोज ८ देखि कार्तिक ५ सम्म आयोजना हुँदैछ । प्रतियोगिता होम तथा अवेका रुपमा गरि डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।