१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लक्ष्मीप्रसाद देवकोटा अवहेलना मुद्दामा आफैं उपस्थित भएर जवाफ दिन आदेश


1.456k
Shares

काठमाडौं । सर्वोच्च अदालतको अवहेलना मुद्दामा नेपाल प्रज्ञा प्रष्ठिानका कुलपति गंगाप्रसाद उप्रेती, उपकुलपति जगमान गुरुङ र सदस्य सचिव जगतप्रसाद उपाध्यायालाई आफैं उपस्थित भएर जवाफ दिन आदेश गरको छ ।

न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले अदालतको आदेश विपरित देवकोटा घर भत्काएको भन्दै दायर भएको रिटमा अदालतको अवहेलना मुद्दामाथि सुनुवाई गर्दै ७ दिनभित्र अदालतमा उपस्थित भएर जवाफ दिन आदेश गरेको हो । नेपाल प्रज्ञा प्रतिष्ठानले महाकवि देवकोटाको घर भत्काएर संग्राहलय बनाउने योजना अनुसार २०७८ साउनमा सो पुरानो घर भत्काएपछि त्यसविरुद्ध सर्वोच्चमा रिट परेको थियो ।

उक्त रिटमाथि सुनुवाई गर्दै २०७८ भदौमा न्यायाधीशद्वय अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले देवकोटाको घर पुरातात्विक महत्वको भएकाले पुरात्व विभागसँग समन्वय गरेर काम गर्न अन्तरिम आदेश दिएको थियो ।