
काठमाडौं । आर्सनलले युरोपा लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।
बिहीबार राति भएको खेलमा एफसी जुरिचलाई २–१ ले पराजित गर्दै आर्सनलले विजयी सुरुवात गरेको हो ।
स्विट्जरल्याण्डको जुरिचमा गएराति भएको खेलमा भ्रमणकारी टोली आर्सनललाई विजयी गराउन मार्कीनोज र एड्डी एन्केतियाले एक एक गोल गरे । जुरिचका मिर्लीन्ड क्राइजुले एक गोल फर्काए ।
खेलको १६ औं मिनेटमा मार्कीनोजले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । ४४ औं मिनेटमा मिर्लीन्डले पेनाल्टीबाट गोल गर्दै जुरिचलाई १–१ को बराबरीमा ल्याए । तर, ६२ औं मिनेटमा एन्केतियाले गोल गर्दै आर्सनललाई २–१ को जित दिलाए ।
प्रतिक्रिया दिनुहोस्