२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ओलीको सरकारबाट आत्तिएर कार्यकर्ताले हटाउनु पर्‍यो भनेपछि गठबन्धन बन्यो : देउवा


1.313k
Shares

फाइल तस्वीर

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको विरोध गर्नु पार्टीविरूद्ध हुने बताउनुभएको छ ।

कांग्रेस चितवन जिल्ला समितिले १०९ औं विपी जयन्तीको अवसरमा गरेको कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै सभापति देउवाले गठबन्धन पार्टीको हितमा रहेको जिकिर गर्नुभयो । पार्टीको फाइदा हुने गरेर सिट बाँटफाँट गरिने भन्दै प्रधानमन्त्री देउवाले पार्टीलाई एक बनाउन लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

देउवाले केपी शर्मा ओलीको सरकारबाट आत्तिएर कार्यकर्ताले हटाउनु पर्‍यो भनेपछि गठबन्धन बनेको उहाँले बताउनुभयो । एमसिसी पास भयो भने अमेरिकी सेना नेपाल आउँछ भनेर सरकार र गठबन्धनविरूद्ध षड्यन्त्र गरेकाले पार्टी एक ढिक्का भएर गलत कार्यको प्रतिकार गर्नुपर्ने देउवाको भनाइ थियो ।

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धन निर्वनचनमा जाँदा कांग्रेसका केही साथीहरुलाई मर्का पर्ने भए पनि स्वीकार गर्नुपर्ने बताउनुभयो ।