५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


नगरपालिकाका कर्मचारीहरुलाई सरुवा गर्ने नीति बनाउने मन्त्री पण्डितको भनाइ


0
Shares

प्रदिप पौडेल

पोखरा, असार ३ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्थानीय तहका कर्मचारीहरुलाई सरुवा गर्ने नीति बनाउन लागेको बताएका छन् ।

पत्रकार महासंघ कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पण्डितले नगरपालिका र महानगरपालिकाका कर्मचारीहरु सरुवा नहुने परम्पराले काम गर्न कठिन भएको बताए ।

उनले भने, ‘सरुवा हुन्न, मैले जे गरे पनि हुन्छ भन्ने सोच कर्मचारीमा छ, त्यसैले नीति बनाएर सरुवा गर्ने सरकारको तयारी छ ।’

उनले अवकाश पाइसकेका कर्मचारीहरुलाई २ वर्षसम्म कुनै एनजिओ, आइएनजिओमा काम गर्न नदिने बताए ।

मन्त्री पण्डितले असार महिनाभित्र सम्पुर्ण कर्मचारी स्थानीय र प्रदेश तहमा पुगिसक्ने दाबी गरे ।

उनले भने, ‘अहिले ९५ प्रतिशत कर्मचारीहरु सरकारले तोकेको ठाउँमा पुगिसकेका छन् । असार महिनाभित्र सबै कर्मचारी तोकिएको ठाउँमा पुग्छन्, नपुगे स्थानीय तहबाटै पदपुर्ति हुन्छ ।’