१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रपति भण्डारी र पूर्व राजाले दिए महारानी एलिजाबेथप्रति श्रद्धान्जली


429
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारी बिहीबार लैनचौरस्थित बेलायती दूतावासमा पुगेर महारानी एलिजाबेथको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।

महारानीको निधन खबरले आफू दुःखी भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले आफ्नो र सरकारको तर्फबाट दिवंगत आत्माप्रति श्रद्धाञ्जली र त्यहाँका नागरिकलाई धैर्य रहन आव्हान गर्नुभएको छ ।

यसैगरी पूर्वराजा ज्ञानेन्द्र शाहले पनि महारानी एलिजाबेथप्रति श्रद्धाञ्जली व्यत्तः गर्नुभएको छ । सात दशक राजगद्दीमा बसेर शालीन र उच्च राजकीय मूल्य निर्वाह गरेको र नेपालप्रति देखाएको अगाध आत्मियता स्मरण भइरहने पूर्वराजा ज्ञानेन्द्रले उल्लेख गर्नुभएको छ ।