
काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले सरकारले यही हप्तादेखि कमर्सियल सवारी साधनमा युरो ६ लागू गर्ने बताउनुभएको छ ।
शुक्रबार नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनमा बोल्दै मन्त्री यादवले सवारीसाधनले गर्ने वातावरण प्रदूषणको युरोपियन मापदण्ड युरो ६ लागू गर्न लागेको बताउनुभएको हो । उहाँले प्रधानमन्त्री शेरवहादुर देउवाले गत कोपामा सन् २०४५ सम्म कार्वन उत्सर्जन शुन्य गर्ने प्रतिवद्धता कार्यान्वयन गर्नको लागि सरकारले यही हप्ताभित्र कमर्सियल सवारी साधनमा युरो ६ लागू गर्ने बताउनु भयो ।
मन्त्री यादवले तत्काल कमर्सियल सवारी साधनहरुमा युरो ६ लागू गरेर सन् २०४५ सम्म कार्वन उत्सर्जन शुन्य प्रतिशतमा ल्याउने मन्त्रालयको तयारी रहेको बताउनु भयो । उहाँले युरो ६ लागू गर्नको लागि सबै प्रक्रिया तयारी भएकाले यहि हप्तामा भित्र मन्त्रीपरिषद्ले निर्णय गर्ने बताउनु भयो ।
मन्त्री यादवले भारतमा २०२० मा नै युरो ६ लागू भएर अहिले युरो ८ लागू गर्ने तयारीमा रहेको बेला नेपालमा अझै युरो ३ चलाइरहेको बताउनु भयो । उहाँले भुटानमा समेत कार्वन उत्सर्जन कम गर्न युरो ६ लागू गर्न लागेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्