२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


महिला साफ च्याम्पियनसिप : आज दुई खेल हुँदै


858
Shares

काठमाडौं । नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप अन्तर्गत आज शनिबार दुई खेल हुँदैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा पाकिस्तान र बंगलादेश भिड्ने छन् । खेल दिउँसो १ बजेबाट सुरु हुनेछ ।

पाकिस्तान आज पहिलो जितको खोजीमा रहेको छ भने बंगलादेश लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

त्यस्तै दोस्रो खेल साँझ साढे ५ बजे सुरू हुनेछ । साविक विजेता भारतले माल्दिभ्ससँग खेल्नेछ ।

भारत लगातार दोस्रो जितको खोजीमा रहेको छ भने माल्दिभ्स पहिलो जितमा खोजीमा रहेको छ ।

प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ । साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।