
कैलाली । दार्चुलाको नौगाड गाउँपालिकामा शुक्रबार राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
नौगाड गाउँपालिका–२ दललेखका मोहन सिंह पार्कीको चट्याङ लागेर मृत्यु भएको हो ।
वडाध्यक्ष नारायण सिंह ठगुन्नाका अनुसार पार्की घरमा एक्लै थिए । घरका अरु सदस्य भने सदरमुकाम रहेको वडाध्यक्ष ठगुन्नाले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्