१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


उपत्यकाका खुला ठाउँ बिस्तारै हराउँदै र मेटिँदै (फोटोफिचर)


1.157k
Shares

काठमाडौं । काठमाडौंमा टहलिनको लागि खुला ठाउँको अभाव छ । उपत्यकाभित्र यस्ता सायदै ठाउँ होलान् जहाँ केही समयका लागि टहलिन मिल्ने ठाउँ छन् ।

काठमाडौं बस्तीहरुले भरिएको शहर हो । मानिसको भीड र अव्यवस्थित बसोवास । जसका कारण खालि ठाउँ प्रायः शुन्य छ । खुला ठाउँको अभाव काठमाडौं उपत्यकाभर नै छ । यसको मुद्दा बेलाबेलामा नउठेको पनि होइन । तर समस्या पनि ज्यूँ का त्यूँ छ । समस्या समाधानको बुटी फेला पर्न सकेको ।

खालि ठाउँ हुनुपर्छ भन्ने पाठ त हामीलाई वि.सं. २०७२ सालको भूकम्पले पनि सिकाएर गएको छ । तर गएको कुराको वास्ता गरेको सम्बन्धित पक्षबाट पाइँदैछ ।

काठमाडौं उपत्यकामा खुला ठाउँ नभएका होइनन् तर बिस्तारै हराउँदै र मेटिँदै गएका छन् । खुला ठाउँ कसले गायब बनायो यो सोधको विषय बन्नसक्छ ।

टुँडिखेल, रत्नपार्क, तीनकुनेको घाँसे मैदान, सिफल चौर, पुल्चोकको मद स्मारक, पशुपति मन्दिर परिसर, लगनखेलको सप्तपाल पोखरी, गोदावरीस्थित बोटानिकल गार्डेन, भृकुटीमण्डपस्थित टहरा, चापागाँउको बज्रवाराही क्षेत्र खुला ठाउँ थिए कुनै बेलामा । तर, आज यी कुनैपनि ठाउँ खुला छैनन् । अतिक्रमण, व्यवसायिक प्रयोजकनले सबै खुला ठाउँ मासिएका छन् ।

बालबालिकालाई रमाउन, वृद्धवृद्धाका लागि टहलिन र युवापिढीका लागि थकान मेटाउने यस्ता ठाउँको अभाव दिनप्रतिदिन मेटिँदै छ । खालि भएका स्थानको पनि पुनःनिर्माण हुन नसक्दा अस्तव्यस्त बनेका छन् ।

चापागाँउको बज्रवाराही स्कूलको चौरमा राखिएका बसहरु ।
गोदावरीस्थित बोटानिकल गार्डेनसँगै जोडिएको चौरमा व्यापारीले बनाएका झुपडी ।
लगनखेलको सप्तपाल पोखरी परिसर झार र बुट्यानले ढाकिएको अवस्थामा ।
ललितपुरको धोविघाटस्थित मलपोखरी ।
विश्व सम्पदा क्षेत्र पशुपति मन्दिर परिसरमा राखिएका गाडीहरु ।
पुल्चोकको मद स्मारक विद्यालय परिसरमा राखिएको पुराना सरसामान ।
सिफल चौर अतिक्रमण गरेर फुटपाथ व्यापार गरिदै ।
सिफल चौरमा जमेको पानी र वरपर बर्षामा उम्रेको झार ।
तीनकुनेको घाँसे मैदान भलिवल खेल्ने खेलाडी र फुटपाथ पसले ।
टुडिखेलमा धरहरा निर्माणका क्रममा राखिएको निर्माण सामाग्री र फोहोर ।