८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


वर्ल्डलिंक र जुनिपर नेटवर्किङको साझेदारी


0
Shares

काठमाडौं, भदौ ३ । नेपालको इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक र भारतीय इन्टरनेट सेवा प्रदायक कम्पनी जुनिपर नेटवर्किङको साझेदारी भएको छ ।

वर्ल्डलिंकले नेपालभरि आफ्नो सेवालाई थप गुणस्तरीयरुपमा विकास गर्नका लागि जुनिपरसँग साझेदारी गरेको जनाएको छ ।

आइतबार राजधानीमा एक कार्यक्रम गरी साझेदारीबारे जानकारी गराइएको हो ।

वर्ल्डलिंकले जुनिपरसँग मिलेर १०० जीविइपिएस  इन्टरनेट विस्तार गर्ने जनाइएको छ ।

जुनिपरसँगको सहकार्यले इन्टरनेटको गति विस्तार गर्न र आफ्ना ग्राहकहरुलाई थप सेवा विस्तार गर्न सहज हुने वर्ल्डलिंकका प्राविधिक प्रमुख समित जनले बताए ।