
काठमाडौं । काभ्रे प्रहरीले ९ हजार नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हेटौडा उप–महानगरपालिका–८ कमानेका नारायण पाख्रिन रहेको प्रहरीले जनाएको छ ।
पाख्रिनले नक्कली नोट लिएर हिडेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको काभ्रेका प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।
पाख्रिनलाई ‘मुलुकी अपराध संहिता, २०७४’ को परिच्छेद–२२ मुद्रा सम्बन्धी कसूरमा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्