
काठमाडौं । बेलायती राजकुमार विलियम र उनकी श्रीमती केट प्रिन्स एण्ड प्रिन्सेज अफ वेल्स घोषित भएका छन् । साथै उनीहरूलाई ड्युक एण्ड डचेज अफ कर्नवालको उपाधि पनि दिइएको छ ।
महारानी एलिजाबेथ द्वितीयको निधनपछि राजा घोषिण भएका चार्ल्स तृतीयले शनिबार गद्दी आरोहण गरेपछि युवराज र युवराज्ञी घोषणा गर्नुभएको हो ।
यस्तै, राजकुमार ह्यारी र मेघन द ड्युक एण्ड डचेज अफ ससेक्सका सन्तान पनि राजकुमार–राजकुमारी बनेका छन् । अब यी दम्पत्तीका छोरा आर्चीलाई राजकुमार आर्ची र छोरी लिलिबेटलाई राजकुमारी लिलिबेटका रूपमा सम्बोधन गरिने छ । जो राजगद्दीको वरीयता क्रममा छैटौँ र सातौँ स्थानमा रहने छन् । उनीहरू बरियता क्रममा राजकुमार विलियम र उनका तीन सन्तान तथा पिता राजकुमार ह्यारीभन्दा पछि छन् ।
यसैबीच, दिवंगत महारानी एलिजावेथको अन्त्यष्टि सेप्टेम्बर १९ मा गरिने भएको छ । बकिङ्घम राजप्रासादले सेप्टेम्बर १९ का दिन लण्डनस्थित वेस्टमिन्स्टर अबेमा महारानी एलिजावेथको अन्त्यष्टि गरिने जनाएको हो ।
प्रतिक्रिया दिनुहोस्