
काठमाडौं । यस वर्षको यु.एस ओपन टेनिसको उपाधि पोल्याण्डकी खेलाडी इगा सिवाटेकले जितेकी छिन् ।
अमेरिकाको न्युयोर्कमा शनिबार राति भएको फाइनल खेलमा सिवाटेकले ट्युनिसियाकी ओन्स जबिउरलाई ६-२ र ७-६ ले हराउँदै उपाधि जितेकी हुन् ।
सिवाटेकले यो उपाधि वर्षको दोस्रो ग्राण्डस्लाम उपाधि हो भने समग्र करियरमा तेस्रो ग्राण्डस्लाम उपाधि हो । उनले यसअघि दुई पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितेकी थिइन् ।
युएस ओपनको पुरुषतर्फको उपाधिको लागि आइतबार राति स्पेनका कार्लोस अल्कारेज र नर्वेका क्यास्पर रुड भिड्नेछन् ।
सेमिफाइनलमा अमेरिकी खेलाडी फ्रान्सेस टियाफोलाई ३–२ को सेटमा हराउँदै अल्कारेज तथा रुसका कारेन खाचानोभलाई ३–१ को सेटमा हराउँदै रुड फाइनलमा पुगेका हुन् ।
दुबै खेलाडी करियरमा पहिलो ग्राण्डस्लाम उपाधिको खोजीमा छन् ।
प्रतिक्रिया दिनुहोस्