
काठमाडौं । युद्धको क्रममा रुसको नियन्त्रणमा रहेको केही भू–भाग खोस्न युक्रेनी सेना सफल भएको दाबी गरिएको छ ।
युक्रेनको खार्किभ प्रान्तको इज्युम क्षेत्र रुसी सेनाबाट फिर्ता लिएको युक्रेनी सेनाको दाबी छ ।
उक्त क्षत्रेमा युक्रेनी सेनाले आक्रमण तिव्र पारेपछि रुसी सेना त्यहाँबाट भागेको दाबी पनि युक्रेनी पक्षको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भिडियो सन्देश जारी गर्दै युक्रेनी सेनाले उत्कृष्ट क्षमता प्रदर्शन गरिरहेको र रुसको कब्जामा गएका क्षेत्रहरु धमाधम फिर्ता लिन सफल भएको बताउनुभएको हो ।
युक्रेनी सेनाले अगष्टमा मात्रै रुस बिरुद्ध प्रतिआक्रमणमा २ हजार वर्ग किलोमिटर क्षेत्र मुक्त गर्न सफल भएको पनि उहाँको दाबी छ ।
रुस र युक्रेनबीचको युद्ध हाल सातौं महिनामा चलिरहेको छ ।
यस्तै, रुसी रक्षा मन्त्रालयले भने आफ्ना सेना भागेको नभई युद्ध रणनीति अनुसार केही पछि हटेको तर्क गरेको छ ।
प्रतिक्रिया दिनुहोस्