२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अफगानिस्तानमा शिक्षाबाट बञ्चित गरिएको भन्दै महिलाको प्रदर्शन


169
Shares

काठमाडौं । अफगानिस्तामा तालिवान सरकारले शिक्षाबाट बञ्चित गरेको भन्दै केही युवतीहरूले विरोध प्रदर्शन गरेका छन् ।

आफ्ना लागि विद्यालय बन्द गरिएको विरोधमा छात्राहरूले अफगानिस्तानको पाक्तिया प्रान्तमा प्रदर्शन गरेका हुन् ।

पाक्तियाको मध्यभागमा भेला भएका छात्राहरूले विद्यालय सूचारु गर्न र युवतीहरूलाई पनि पढ्न दिन माग गर्दै र्‍याली समेत निकालेका थिए ।

अप्mगानिस्तानको स्थानीय सरकारले यसअघि महिलाहरुका लागि कक्षा ६ भन्दा माथि पढ्न दिने र त्यसका लागि विद्यालयहरु खुल्ला गर्ने निर्णय गरेको थियो । यद्दपी त्यो निर्णय पनि केही समयपछि उल्ट्याइएपछि विद्यार्थीहरु बिरोध प्रदर्शनमा उत्रेका हुन् ।

विद्यालय तत्काल खुल्ला गर्न र छात्रालाई पनि अध्ययन अध्यापन गर्ने वातावरण बनाउन अधिकारवादीहरुले दवाब दिँदै आएका छन् ।

तालिवान विद्रोहीले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा महिलाहरुलाई अध्ययन, अध्यापन र रोजगारी गर्न प्रतिबन्ध लगाइएको छ । उनीहरुलाई घर बाहिर निस्कँदा पनि एक्लै नहिड्न आदेश दिइएको छ ।

तालिवान सरकारले मुस्लिम कानुनअनुसार सरकार चलाउने प्रयास गरिरहेको छ भने त्यसका विरुद्धमा विभिन्न क्षेत्रबाट आवाज पनि उठिरहेको छ ।