
काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोलामा ९३ हजार ४ सय रुपैयाँमै कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य आइतबार स्थिर रहेर १ हजार १ सय ५० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्