२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


निलम्बित प्रधानन्यायाधीश राणाले आज पनि बयान दिँदै


286
Shares

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज आइतबार पनि महाअभियोग सिफारिस समितिमा बयान दिँदै हुनुहुन्छ ।

आइतबार साढे १२ बजे सिंहदरबार परिसरमा बस्ने सिफारिस समितिको बैठकमा उपस्थित भएर राणाले बयान दिनुहुने छ । समितिले तयार पारेका ४२ वटा प्रश्न मध्ये राणाले अहिलेसम्म ११ वटा प्रश्नको मात्र जवाफ दिनुभएको छ ।

आइतबार भने राणालाई सोध्ने प्रश्नहरू पहिल्यै सोध्ने र त्यसपछि एकोहोरो जवाफ मात्रै सुन्ने गरी बयान लिने तयारी छ ।

राणाविरूद्ध २०७८ फागुन २१ गते ९८ सांसदले महाभियोग दर्ता गराएपछि राणा निलम्बनमा हुनुहुन्छ ।