
काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघमा आबद्ध विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।
आइतबार बिहान काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र कलेजबाहिर झडप भएको हो ।
नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न ढिलाइ गरेकोमा नेविसंघले पुत्ला दहन गरेको थियो । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै नेविसंघले ढुंगा प्रहार गरेको थियो ।
नेविसंघले बाटो अवरुद्ध गरेर प्रदर्शन गर्दा केही समय घन्टाघर आसपासको सवारी आवागमन अवरुद्ध भएको थियो ।
राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै विद्यार्थी प्रदर्शनमा उत्रिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्