१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सन्नी लियोनीको फिल्म ‘ओह माई घोस्ट’ को टिजर सार्वजनिक


2.158k
Shares

एजेन्सी । अभिनेत्री सन्नी लियोनीको दक्षिण भारतीय डेब्यू फिल्म ‘ओह माई घोस्ट’ को टिजर सार्वजनिक भएको छ ।

निर्देशक युवानको नेर्देशनमा बनेको नयाँ हरर कमेडी फिल्म ‘ओ माई घोस्ट’ मा सन्नी मुख्य भूमिकामा रहेकी छन् । यो सन्नीको दक्षिण भारतीय डेब्यू फिल्म हो । फिल्मको टिजरमा सन्नीको अनौठो रूपमा देख्न सकिन्छ ।

भारतीय सञ्चार माध्यमका अनुसार सन्नी यस फिल्ममा मायासेना नामकी रानीको भूमिकामा देखिँदैछिन् । उनी फिल्ममा हट भूतको भूमिकामा पनि रहेकी छन् । सन्नी महारानीको रूपमा दरबारमा प्रवेश गर्छिन् र पूर्ण भक्तिका साथ सिंहासनमा बस्छिन्। सन्नीको यो लुक्सको फ्यानले निकै तारिफ गरेका छन् ।

फिल्ममा सन्नीको अलवा योगी बाबु, मोट्टाई राजेन्द्रन, रमेश थिलक, सतीश, धरा गुप्ता, अर्जुन र थांगा दुराइको अभिनय रहेको छ । फिल्म ‘ओ माई घोस्ट’ नोभेम्बरमा रिलिज हुने निर्माण पक्षले बताएका छन् ।

फिल्मको बारेमा कुरा गर्दै निर्देशक युवानले पुरानो अन्तर्वार्तामा यो काल्पनिक फिल्म भएको बताएका थिए । साथै उनले सन्नी नायक र खलनायक दुबै भूमिकामा रहेको जानकारी समेत दिएका थिए ।