७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


देशलाई अहिले गठबन्धनभन्दा बलियो राष्ट्रिय शक्तिको आवश्यक : महासचिव पोखरेल


52
Shares

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देशलाई अहिले गठबन्धनभन्दा बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल, दाङ शाखाले आईतबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले देशको विकास र समृद्धिका लागि देशलाई बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको बताउनुभएको हो ।

महासचिव पोखरेलले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनले एमालेलाई बलियो शक्तिका रुपमा स्थापित गराउने दावी गर्नुभयो ।