
काठमाडौँ । अब्दुल्लाह अल्मुताइरीले नेपाली राष्ट्रिय फुटबल टिममा मुख्य प्रशिक्षकबाट राजीनामा दिएको घोषणा गरेका छन् ।
आइतबार सामाजिक सञ्जालमा एक पोष्ट लेख्दै अब्दुल्लाहले ५२५ दिनपछि नेपाली राष्ट्रिय टिमको प्रशिक्षक पद छोडेको घोषणा गरेका हुन् ।
उनले यसक्रममा समर्थन गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
गत कात्तिकमा उनले नेपालमा ३ वर्षसम्म काम गर्ने गरी अखिल नेपाल फुटबल संघ एन्फासँग सम्झौता गरेका थिए ।
तर १० जना खेलाडीलाई प्रशिक्षण छाड्न बाध्य बनाएपछि उनी आलोचनामा परेका थिए ।
प्रतिक्रिया दिनुहोस्